घरको जग खन्दा एकको मृत्यु र एक घाइते

१७ चैत्र,काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर एक मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ रहेका छन् ।

भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरीले बताए ।

ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । अहिले धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।