एमालेद्धारा जानकीदेवीलाई सांसदमा निर्वाचित

१७ चैत्र, काठमाडौं । नेकपा एमालेले सानु शिवाको मृत्यु भएपछि उनको ठाउँमा सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको जानकारी दिएका छन् ।
सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।