ओलीको निलम्बन कारवाही पछि माधव पक्ष आन्तरिक छलफलमा जुट्दै

१७ चैत्र, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीको सबै जिम्मेवारी र पाटीृको सदस्यबाट नै ६ महिनाका लागि निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आज आन्तरिक छलफलमा जुट्दैछन् ।

मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।

नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो ।’

एमाले अध्यक्ष ओलीको कदमको प्रतिवाद गर्दै आएको झलनाथ खनाल र माधव नेपाल पक्षले यसअघि नै समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । साथै नेपालले ओलीको निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।