मानन्धरको मृत्युले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति

अध्यक्ष, पुष्पकमल दाहाल

१७ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् ।

मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पु¥याएको योगदान सधैं स्मरणीय रहिरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् ।
मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिंदैछ ।

प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विक्रम सम्वत् १९८९ मा जन्मिएका मानन्धर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनले २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।