प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने

जसपा अध्यक्ष, उपेन्द्र यादव

१३ चैत, काठमाडौं । मुलुकमा अहिले ओली सरकारलाई अन्त्य गरेर अर्को नयां सरकार निर्माका लागि घनीभूत छलपल चलिरहेको छ । हुनत प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई निरन्तरता दिन मधेशबादी दलसंग छलफल र भेटघाट समेत गरिरहेका छन् । जसपाको महन्ध ठाकुर र राजेन्द्र महत्तो समूहले सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसंग भेटघाट गरिरहेको बेला (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान विरोधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसंग सत्ता साझेदारी गर्न, सती जान र लगनगांठो कस्न नसकिने बताएका हुन् । उनले आफनोे पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसंग सांठगांठ नहुने बताएका छन् ।

अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयां सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयां सरकार बनाउनुपर्ने बताएका थिए ।