प्रदेश २ मुख्यमन्त्रीका पिएसओको ट्रकको ठक्करबाट मृत्यु

१३ चैत, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिंदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक आज शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिंदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मिश्रले असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।

मृतक असई कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।