कोरोना बिरुद्धको खोप बन्द गरेका छैनौ

भारत

१३ चैत, काठमाडौं । भारतमा कारोना भाइरसका संक्रमण बढ्न थालेपछि नेपाली मिडियामा कोरोना बिरुद्धको खोप रोकेको समाचार आईरहेको बेला भारत सरकारलदे कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ ।

भारतीय एक उच्च अधिकारीका अनुसार साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ ।

बेला बेलामा हाम्रो घरेलु आवश्यकताको कारणले सप्लाई गर्ने सेडुलमा केही परिवर्तन गर्नुपर्ने हुन्छ तर आगामी दिनमा चरणबद्धरुपमा खोप उपलब्ध गराउने कार्य जारी रहन्छ ।’

सप्लाई गर्ने सेडुलमा केही एडजस्ट हुनसक्ने र त्यसमा सबै सरोकारवालाले सहकार्य गर्ने अपेक्षासमेत भारतले गरेको ती अधिकारीले बताए । भारतले अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।