घुम्न जाउं भनी जुसमा नशालु पदार्थ खुवाई बलात्कार अभियोगमा युवक पक्राउ

१२ चैत्र, बांके । नेपालमा बलात्कारका घटना दिनप्रतिदिन बढ्न थालेका छन् । सरकारले जति कडा कानून ल्याए पनि त्यसको प्रभाव नगरे पनि हरेक दिन घटना घट्ने क्रममा बांकेमा यस्तै अनौठो घटना घटेको छ । घुम्न जाउं भनेर घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

बांकेको नेपालगञ्ज उपमहानगरपालिका–२० रांझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पु¥याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन् ।

बांकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको सर्केगाड गाउंपालिका–१ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए ।

बुढाले पीडितकी आमासंग गत मंसिर ५ गते ’हामी संगै घुम्न जान्छौं’ भनेर बांकेको बैजनाथ गाउंपालिका–१ गाभर भ्यालीको होमस्टेमा लगेका थिए । प्रहरीका अनुसार त्यहां पुगेपछि उनले जुसमा लागु औषध नाइट्राजेपाम राखेर खुवाएका थिए । युवती बेहोस भएपछि उनले बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेपछि उनी बेत्तपा भएका थिए। युवतीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भएको थियो ।

बुढाको खोजी गर्ने क्रममा प्रहरीले चैत ८ गते काठमाडौंको हाँडीगाउंबाट उनलाई पक्राउ परेको गरिएको प्रहरीले जनाएको छ ।

मुलुकी फौजदारी संहिताअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई ७ देखि १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।