जापान जान लागेका बिद्यार्थीको अन्यौलता कहिले सम्म ?

जापानका लागि शैक्षिक भिषा लगाएका म लगायत अन्य सम्पूर्ण विद्यार्थीहरुलाई अवगत गराउन चाहन्छु कि, अहिले विश्व कोभिड–१९ बाट संक्रमणग्रस्थ छ । यो रोग एक प्रकारको खतरनाक सरुवा रोग हो । यसले नेपाल, जापान लगायत विश्वलाई नै तहसनहस नै बनाएको छ । पछिल्लो समयमा यसले स्वरुप नै परिवर्तन गरेर संक्रमणको दर बढाएको छ । विश्वभरि यसले संक्रमण बढाएकाले फेरि पनि लकडाउन हुने होकी भन्ने शंका समेत उब्जाएको छ । विगत केही महिनादेखि बन्द अवस्थामा रहेको जापानी राजदूतावासका कारण नेपालबाट जापानको लागि अध्ययन भिषा लगाएका सयौं संख्यामा रहेका विद्यार्थीहरु उच्च शिक्षाका लागि जापान जानबाट बञ्चित भएका छन् । अहिले तिनीहरूको जीवन अनिश्चितता तर्फ धकलिएको महसुस भएको छ । कतिपय विद्यार्थीले सन् २०२० को फेब्रर्अरी महिनामा नै विद्यालय शुल्क पठाइसकेका छन्, तिनीहरूको उच्च शिक्षाको लागि जापानतर्फ जान पाउने आशामा एक वर्षको समय खेर गएको छ । फेरि पनि फैलिन लागेको कोरोनाका कारण अझै भिषा लगाएका बिद्यार्थीले कति समय कुर्नु पर्ने हो अन्योल नै रहेको छ ।

यसरी अन्यौलका बीच अन्यौल बढीरहंदा सयौका संख्यामा रहेका विद्यार्थी डिप्रेसनको शिकार नहोलान भन्न सकिन्न । उच्च शिक्षा हासिल गर्ने भनेर जापान जानका लागि प्राय विद्यार्थीहरुले आफ्ना आफन्त र अन्य निकाय बैंक, सहकारीमा धितो राखेर ऋण काडेर पैसा सम्बन्धित निकायमा बुझाएका हुन्छन् । तर ति बिद्यार्थीले आजसम्म उच्च शिक्षाका लागि जापान जान पाएका छन् नत बुझाएको रकम नै फिर्ता पाएका छन् । तर ऋण काडेर निकालेको ऋणको ब्याज दोब्बर नै हुन थालेको विद्यार्थीहरूको दुखेसो छ । ऋण दिएका साहुहरुले समेत हरेक दिन फोन मार्फत् र घरमा नै पुगेर तनाव दिने गरेका छन् । जापानका लागि भिषा लगाएका विद्यार्थीहरूको भविष्य अन्यौलता रहेकाले भोलिका दिनमा ती विद्यार्थीहरूले आत्महत्या समेत नगर्लान भन्न सकिंदैन ।

नेपालबाट जापान जाने प्राय बिद्यार्थीहरुले व्यक्ति अथवा बैङ्कमाबाट ऋण काडेर जाने गरेका छन् । यसरी ऋण काडेर उच्च शिक्षाका लागि जापान पठाउने निकायमा शुल्क बुझाएको तर अहिलेसम्म जापान जान पाएका छैनन् । बिद्यार्थीले शुल्क फिर्ता मागेता पनि शैक्षिक परामर्श संस्थाको सेवाशुल्क पनि बुझाएको र बिद्यार्थीले शुल्क फिर्ता माग्दा शैक्षिक परामर्श संस्थाले निश्चित रकम काडेर आउंछ भन्ने र बिद्यार्थीलाई प्रतिबद्धता कागजमा पनि सही छाप गरी पठाएकाले केही रकम घटेर आउंदा विद्यार्थीले फिर्ता पाउने शुल्क र ब्याजले गर्दा झण्डै आधा रकम फरक पर्दछ । त्यसैले विद्यार्थीहरूले शुल्क फिर्ता गरी उच्चशिक्षाको अर्कै बाटो रोज्न समेत आनाकानी गरिएका छन् । जापान बाहेक अन्य मुलुकहरुले विद्यार्थी लैजाने प्रक्रिया सुचारु गरेको र जापानले पनि नयां भिषा बाहेक अन्य भिषावाहकहरुलाई लैजाने निर्णय गरेको छ । यसलाई ठोस बिषय बनाएर सम्बन्धित निकायसम्म पुर्याउन शैक्षिक परामर्श संस्था लगाएत बिभिन्न बिद्यार्थीका अभिभावकत्व निर्भाह गर्ने निकायहरु मौन छन् । प्रायःजसो विद्यार्थीहरु युवा पिडीका साथै अपरिपक्कता र विद्यार्थीबीच विद्यमान रहेको एकताको कमीले पनि यो विषयवस्तुलाई सम्बन्धित निकायसम्म पुर्याउन बिद्यार्थीहरु असक्षम रहेको पाइन्छ ।

अन्त्यमा म के भन्छु भने, म पनि एक पीडित विद्यार्थी भएको नाताले मेरो अनुरोध छ, नेपाल शैक्षिक परामर्श संघ लगायत सम्पूर्ण विद्यार्थीहरूको हकहितका लागि काम गर्ने संस्थाहरुलाई कृपया यो कुरा सम्बन्धित निकाय सम्म पुर्याउन पहल गर्दिनुहोला । हामीलाई कोभिडको यस्तो संक्रमण अवस्थामा लैजानु नै पर्छ भन्ने होइन । यदि विद्यालय शुल्क फिर्ता गर्ने हो भने बिद्यार्थीले तिरेको एकमुष्ठ शुल्क, शैक्षिक परामर्श संस्थाले लिएको सेवा शुल्क र जापानका बैंकहरुमा जम्मा भएको रकमले जापानको नियम अनुसार दिइएको ब्याज समेत फिर्ता पाउनु पर्दछ, बिद्यार्थीहरु उच्च शिक्षाको अर्को बाटो समेत आगल्न सक्दछन् ।

तर बिद्यार्थी बुझाएको सो रकम तत्काल दिन सकिदैन भने बिद्यार्थीलाई नझुलाएर केही समय सिमा तोकेर कहिले लैजान सकिन्छ सो कुराको निश्चितता दिलाउन अनुरोध छ । बिदेशमा जान चाहने विद्यार्थीहरूको हकहितको लागि काम गर्ने संस्था भनेर खोलिएपछि बिद्यार्थीहरु हकहितको लागि यति सानो पहल पनि गर्न सकिदैन भने स्वच्छिक रुपले नै शैक्षिक परामर्श संघ नेपाल (CAN) भन्ने संस्थाको नाम परिवर्तन गराउन सक्नुहुुन्छ । मैले लेखेका शब्दहरु सम्बन्धित निकायका पदाधिकारी हरुले अध्ययन गरी सम्बन्धित निकायसम्म पुर्याउन हुन्छ भन्ने दृढ बिश्वासमा हामी जापानका लागि उच्च शिक्षा अध्ययन गर्ने भनेर अन्यौलमा रहेका सम्पूर्ण बिद्यार्थीहरु रहेका छौं ।