करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

१०,चैत्र अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षिया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी गरेको छ ।हिजो राति मोबाइल चार्ज गर्ने क्रममाः उनलाई करेन्ट लागेको हो ।

उपचारका लागि जिल्ला अस्पताल लगे पनि उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
सपना कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने विद्यार्थी थिइन् ।