सरकारमा जान हतार छैन

शेरबहादुर देउवा

१० चैत, बिराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन् ।

तर देउवाले जिम्मेवारी आए आफु नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर
आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताएका छन् ।
पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।

ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’
त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस भन्दै उठेका थिए ।