Breaking News

शिक्षामन्त्रीद्धारा ओलीको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती

९ चैत, ललितपुर । सत्तारुढ एमाले नेता तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ललितपुरमा एक कार्यक्रममा बोल्ने क्रममा तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिएका छन् । उनीले भने ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन ।

चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्तालाई चुनाव लक्षित कार्यक्रममा लाग्न समेत उनले आग्रह गरे ।

पार्टीको विधान विपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उनले राजनीतिलाई अस्थिर पार्न खोज्ने माथि कारबाहीको थालनी भएको बताए ।