ओलीको जस्तोसुकै कारवाही खान तयार हुने तर माधव नेपाललाई नछोड्ने

९ चैत, काठमाडौं । सर्वोच्वको फैसलाबाट ब्यूतिएको नेकपा एमाले भित्रको विवादले पार्टी फुटको अन्तिम संघारमा पुगेको छ । एमालेको संस्थापन पक्ष अध्यक्ष ओलीले वरिष्ठन नेता माधव कुमार नेपाल पक्षलाई पेलेरै जाने रणनीति अनुसार गएको फागुन २८ गते पार्टीको नवौ महाधिवेशनबाट निर्वाचित आफु अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारीलाई खारेज गरी पार्टीको नयां संगठन संचरना परिवर्तन र १०औं महाधिवेशनको मिति समेत तोकेर अगाडी बढेपछि देखा परेको विवादले पार्टी मा स्पष्ट दुई धारमा देखिएको छ ।

ओलीले केही दिन अघि बालुवाटारमा माधव पक्षको सहभागी बिना नै पार्टीको बिधान संशोधन गरेर पारित र माधव पक्षीय नेताहरुलाई स्पष्टीकरणको पत्र काट्ने र सो समूहका लागेका प्रत्यक्ष र समानुपातिक सांसदहरुको सांसद पद नै खोस्ने खालका धम्कीपछि माधव समूहका लागेका प्रतिनिधिसभा निर्वाचित २३ जना र समानुपातिकका १२ जना गरी ३५ जना सांसदले आफ्नो पद खोसिए पनि ओली समूहमा नलाग्ने बताएका छन् । अध्यक्ष ओलीले पार्टीेको ह्वीप उल्लंघन हुने अवस्था आएमा माधव पक्षीय समानुपातिकतर्फका १२ सांसदहरूलाई पार्टी निर्णय अनुसार हटाएर यसअघि निर्वाचन आयोगमा रहेको बन्दसूचीभित्रका अन्य उम्मेदवारलाई जिताउने खालका सूचना बाहिर आएकाले माधव पक्षीय समानुपातिक १२ जना सांसदले ओलीको जस्तोसुकै कारवाही खान तयार हुने तर माधव नेपाललाई नछोड्ने बताएका छन् ।

माधव पक्षीय समानुपातिक तर्फका १२ सांसद यस प्रकार छन् :

१. रामकुमारी झाँक्री, गुल्मी (आदिवासी जनजाति महिला)

२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर (आदिवासी जनजाति महिला)

३. मुकुन्द न्यौपाने, काठमाडौं (खसआर्य पुरुष)

४.कल्याणीकुमारी खड्का, रौतहट (खस आर्य महिला)

५.लक्ष्मीकुमारी चौधरी, कैलाली (थारु)

६. गंगा चौधरी सत्गौवा, दाङ(थारु)

७. निरादेवी जैरु, डडेलधुरा (दलित महिला)

८. पार्वतीकुमारी विसुङ्खे, दैलेख(दलित महिला)

९. पुष्पाकुमारी कर्ण यादव, पर्सा (मधेशी महिला)

१०. सरलाकुमारी यादव, रौतहट(मधेशी महिला)

११. कालिला खान, तनहुँ (मुस्लिम महिला)

१२. समिना हुसेन, रौतहट (मुस्लिम महिला)