९ चैत, काठमाडौं । आज बिहान गोंगबुमा एक फरक दृश्य देखियो ।
गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरेका हुन् ।
आफ्नो गल्तीविना नै जरिवाना लिन खोजेको चालकको दाबी थियो । त्यसपछि अरू बसका चालकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरे ।
यस बारेमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे खुलाए– यात्रुसंग बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर जरिवाना लिन खोज्दा अवरोध भएको हो ।
उनीहरूले सडकमै बस तेर्साएर राखेपछि आज बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबुस्थित सडक अवरूद्ध भएको थियो ।
त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन् । सडक अवरोध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो ।
ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अवरोध गरेका रहेछन् ।
नेपालगञ्ज–काठमाडौं चल्ने बसमा यात्रा गरेका एक यात्रुले गत चैत २ मा गुनासो गरेपछि उक्त बसका चालकलाई कारवाहीको दायरामा ल्याउन खोज्दा अवरोध भएको हो ।
‘बसका चालकलाई दुई हजारदेखि पांच हजारसम्म जरिवाना लाग्ने यातायातको दफाअनुसार कारवाही गर्दा अरु बाडीहरु पनि सडकमा तेस्रिएका थिए ।