Breaking News

सूर्यविनायकको सृजना नगरस्थित भिमेश्वर मःमः हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते

९ चैत, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते भएका छन् ।

ग्यांस सिलिन्डर पड्केर आगलागी भएको हो । प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन् । उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ ।

घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन् ।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक–५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन् ।