८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले यही चैत २५ गते देशैभरी एकै पटक निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।
नेपाल पत्रकार महासंघको ले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार आज चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गर्ने ।
भोली चैत ९ गते दिउंसो १२ः३० बजेदेखि चैत १० गते दिउंसो १२ः ३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने,
चैत ११ गते दिउंसो ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने,
चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउंसो ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने,
चैत १२ गते सांझ ६ बजे पछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
चैत १३ गते बिहान १०ः३० बजेदेखि दिउंसो ४ बजेसम्म उम्मेद्वारमाथि दाबी विरोध गर्ने,
चैत १४ गते दिउंसो ४ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ ।
चैत १४ गते सांझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने
चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
यस पटकको निर्वाचन पहिलाको भन्दा फरक हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपाली सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान भने आफू सदस्य रहेको शाखामै गर्न पाइने व्यवस्था छ ।
प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ ।
हाल देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य मतदानमा सहभागी हुने बताइएको छ ।