रियलले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो

८ चैत, काठमाडौं । हिजो शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको हो ।
करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे ।

बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपे ।

सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए ।

जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो ।

एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । यस्तै २७ खेलबाट ५९ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।