श्रीमतीको उपचार गराउन कुरुवा बसेका श्रीमान्को मृत्यु

८ चैत, धनगढी । श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउंपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको हिजो दिउंसो मृत्यु भएको छ । मृत उनी धनगढीको सेती प्रादेशिक अस्पतालमा श्रीमतीको बिरामी कुरुवा बसेका थिए ।

खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए ।

उपचारका लागि अस्पताल पु¥याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।