Breaking News

एमाले माधव पक्षीय युवाहरुको भेला राष्ट्रिय सभागृहमा

७ चैत, काठमाडौं । एमाले संस्थापन पक्ष केपी ओली पक्षीयको प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दल र केन्द्रीय समिति चलिरहेको बेला यता माधव नेपाल पक्षको युवाहरुको भेला राष्ट्रिय सभागृहमा चलिरहेको छ ।

नेपाल पक्षले संसदीय र केन्द्रीय समिति बैठक बहिस्कार गरेर नेपाललगायतका नेताहरुले सोही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई भव्य बनाउन आयोजकले राष्ट्रिय सभा गृहमा परिसर झण्डा ब्यानर र तोरणले झकिझकाउ गरेर कार्यक्रम सुरु हुन लागेको छ ।

सभागृहको बाहिर प्लास्टिकका कुर्सी र डिजिटल डिस्प्ले समेत राखिएका छन् ।
फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी हेरफेरका साथै एकपक्षीय रुपमा केही महत्वपूर्ण सवालमा निर्णय गरेपछि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला समेत आयोजना गरिसकेको छ ।