७ चैत, काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।
गिरिजाप्रसाद कोइराला स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । मुलुकमा पांच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते उनकै निवास मल्टिखाटारमा निधन भएको थियो ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।
२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुंदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा कोइरालाको महत्वपूर्ण भूमिका रहेका छ ।