Breaking News

एमाले संसदीय दलको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान साढे १० सुरु सो बैठकमा माधव नेपाल पक्ष गएन

७ चैत, काठमाडौं । नेकपा एमाले को पार्टीभित्र देखिएको बिवाद चरम उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।

आज पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिएका छन् ।

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर ओलीले बोलाएको संसदीय दलको बैठक मा भने माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति भएको छैन ।
नेपाल पक्षले फागुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिदै आएको छ । फागुन २८ मा ओलीले जिम्मेवारी हेरफेर गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको पद खारेज गरिदिएका थिए ।