मुटुरोगीहरुले कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने

कदर समाचार
२१ चैत, काठमाण्डौ । वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक डा. अनिल भट्टराईले कोरोना भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने बताएका छन् ।
कोरोना भाइरसले ७० वर्षभन्दा बढीका उमेर भएकाहरुलाई बढी आक्रमण गरेको र त्यसमा पनि दीर्घ रोगीहरुको धेरै मृत्यु भएको डा. भट्टराईले बताएका छन् ।
’मुटुका रोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्छ किनकी कोरोना भाइरस संक्रमित मुटुका रोगीहरुको मृत्युदर १० प्रतिशत रहेको छ’, डा. भट्टराईले सेतोपाटीसँग भने,’यो रोग आफै नआउने भएकाले बाहिर नगइकन घरमै बस्ने र अरुसँग सम्पर्कमा नआउने हो भने जोगिन सकिन्छ, आत्तिनु पर्दैन ।
पछिल्लो समयमा मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण दर घट्दै गएकाले डा भट्टराईले जति धेरै अनुशासित भएर घरमा बस्यो त्यति नै यसको खतरा कम हुने बताए ।