जे पर्ला त्यही टर्ला, म त उडे अमेरिका

कदर न्यूज

कदर न्यूज
५ वैशाख, काठमाडौं । उही बेलाका चल्दााबल्ला नायकका रुपमा चिनिएका सरोज खनाल केही वर्ष अमेरिकामा पलाउन भएर फेरि करिब पाँच वर्षअघि अमेरिकालाई त्यागेर नेपाल फर्किएको अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच फेरि अमेरिका उडेका छन् । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् ।
सरोज अमेरिकी नागरिक हुन् । उनी अमेरिका उडेपछि नेपालमा भने उनको चर्को विरोध भइरहेको छ । यसै विरोधका बीच उनले बुधबार आफ्नो फेसबुक अकाउन्टमा परिवारसँग रमाइलो गरिरहेको तस्बिर पोष्ट गर्दै संस्कृतको एउटा श्लोकसहित स्टेटस लेखेका छन् ।
ग्रीनकार्ड जोगाउन अमेरिका उडे अभिनेता सरोज खनालले लेखेका छन्, ‘ भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला । सरोजका छोरा र श्रीमती पहिले देखि नै अमेरिकामै बस्दै आएका थिए ।