Breaking News

पार्टी विग्रनुमा प्रमुख दोषी नै ओली हो

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले भने । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता माधवकुमार नेपालले बताए छन् ।

ओलीको चिन्तनबारे पार्टीका नेताहरूलाई जानकारी भएको पनि उनले बताए । ‘उहाँको चिन्तन, व्यवस्था र कार्यशैली कस्तो छ भन्ने नेताहरूलाई थाहा नै छ ।

‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन् । कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन ।
उनले आफूहरूको लडाइँ पदका लागि नभएको पनि दाबी गरेका छन् ।

माधवकुमार नेपाल