Breaking News

जनता समाजवादी पार्टीको बैठक जारी

३ चैत्र,काठमाडौं । आज देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा आफ्नो पार्टीको धारणा स्पष्ट गर्न जनता समाजवादी पार्टी नेपालको बैठक जारी रहेको छ ।

देशमा सत्ता समीकरणको बारेमा भइरहेका चर्चाको केन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि हिजो देखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ । सत्ता समीकरणमा प्रधानमन्त्री ओलीको नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्ने कि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धनमा सामेल हुने भन्नेबारे जसपा नेपाल अलमलमा रहेको छ ।

आफूहरुको माग जसले पूरा गर्छ, त्यो दललाई मात्र सहयोग गर्ने जसपा नेपालका नेताहरुले बताएका छन् । जसपाको मागप्रति दुवै पक्षका दल सकारात्मक छन् । दुवै पक्षले माग पूरा गर्ने भनिसके पनि जसपा नेपालले औपचारिक छलफल गरेर गठबन्धनको टुङ्गो लगाउन सकिरहेको छैन । यही अन्योलबारे पदाधिकारी बैठकमा छलफल चलिरहेको पार्टीका एक वरिष्ठ नेताले बताए छन् ।