Breaking News

श्रीमतीको हत्या गरेर श्रीमान फरार

हिजो साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो ।
माहानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेको आशंका छ ।

मृतक अन्दाजी ३२–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान यज्ञ सापकोटा भने फरार रहेको छन् । सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरिएको भनेर प्रहरी बताए छन् । उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए । सोमबार भने उनीहरू बल्खु आएका थिए ।

देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई जानकारी गरेका थिए ।
’शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको थियो,’ प्रहरी स्रोतले भन्यो,’ घटना अन्दाजी ५–६ बजे नै भएको हुनुपर्छ । हामीलाई करिब साढे ७ बजे मात्र खबर भयो ।

प्रहरीको अनुसार उनीहरूबीच घरायसी विवाद थियो । त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने आशंका छ । यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छन् ।

उनका श्रीमान यज्ञ सापकोटा पहिले पनि ६ महिना जेलमा बसिसकेको अनुसन्धानमा संलग्न अर्का प्रहरी अधिकृतले जानकारी दिए ।
अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।