Breaking News

रामचन्द्र पौडेलले भने शेरबहादुर देउवाको उदासिनता रहस्यमय

३ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता रहस्यमय भएको बताए ।

पूर्णप्रसाद–मायादेवी शान्ति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले भने, ‘यो अनिर्णयको अवस्थामा हाम्रो पार्टी र ढुलमुल अवस्थामा हाम्रो नेतृत्व रहन हुँदैन ।

जनता समाजवादी पार्टीका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छु भनेर आश्वासन दिएको छ, त्यो कांग्रेसले पनि गर्छ भनेर साथ दिनुुपर्ने उनले बताए । महामन्त्री शशांक कोइरालाको घरमा बसेको बैठकबाटै आफूले सभापतिलाई फोन गरेको भन्दै पौडेलले भने, जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ । तर अहिलेसम्म यो अगाडि बढ्न सकेको छैन ।

जसपाका नेताहरुबाट कांग्रेस सभापतिले निधो नगरेको गुनासो आएको भन्दै उनले भने । ‘यस्थास्थितिमा हामी रहने हो भने फेरि पनि राजनीति उल्टो दिशामा जाँदैछ ।
नेता पौडेलल भने, ‘यहाँ थरीथरीका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरु चलिरहेका छन् । हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान नदिएर आफ्नै हातमा राख्नुपर्छ । हाम्रो देशको संविधान, प्रणालीको रक्षा हामी आफैंले गर्नुपर्छ ।’ भनेका छन् ।