Breaking News

राष्ट्रपतिले ४ बजे बोलाइन सर्वदलीय बैठक

३ चैत, काठमाण्डौ । नेपालको पछिल्लो राजनीतिक परिघटना र नेकपा एमाले भित्रको बिभाजनको झगडा र अन्य समसामहिक बिषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसंग छलफल गर्न सर्वदलीय बैठक अपरान्ह ४ बजे बोलाएकी छन् ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसंग छलफल गर्न लागिएको हो ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरू लाई छलफलमा बोलाइएको जानकारी दिए ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।