आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापानमा उनी पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम सुरू भएको छ ।
सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले को सदस्यलाई चियापानका लागि बोलाएका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको सबै तयारी पुरा भइसकेको छ । यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने चियापानमा नजाने बताएका छन् ।
यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएका छन् । एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा आजै यही समयमा भेला बोलाएका छन् ।
खनाल–नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय विभागले जनाएको छ ।
एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम । रहएको छ ।
कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गरेका थिए । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छन् ।