Breaking News

एमालेको माधव पक्षीय राष्ट्रिय कार्यकर्ता भेला बारे पत्रकार सम्मेन हुंदै

३ चैत, काठमाण्डौ । नेकपा एमालेको माधव पक्षीय भोलि र पर्सि हुने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईदे बताएका छन् ।

प्रमुख नेता योगेश भट्टराईका अनुसार आज दिउंसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ ।

यो कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले आग्रह गरेका थिए । सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले कार्यकर्ता भेला नगर्न भनेका थिए ।

तर नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ । साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोहमा नेता नेपाल पक्षका नेताहरू नजाने बताइएको छ ।