२ चैत, काठमाण्डौ । नेकपा एमालेको दुबै समूहको आज पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा आ–आफ्नो अडानका कारण कुनै निष्कर्ष नभए पछि एमाले माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसंग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो ।