२ चैत, काठमाण्डौ । आज नेकपा एमालेका दुई समुहबीच पार्टी कार्यालय धुम्बारहीमा भएको छलफलमा कुनै निष्कर्ष नस्किएपछि बिरक्तीएका एमाले अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भूतपूर्व हतैसी तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई भेटौ भनेर फोन प्रस्ताव गरेका छन् ।
एमालेका वरिष्ठद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले यही चैत्र ३,४ गते छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई फोन मार्फत् भेट गरौं भनेको स्रोतको दाबी छ ।
तर प्रचण्डले ओलीसंग भेट गर्नका लागि खासै चासो नदेखाएको बुझिएको छ । माओवादीका एक स्थायी कमिटी सदस्यका अनुसार ‘पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेको बुझिएको छ ।