Breaking News

सचिवलाई कारवाही गरिपाउंको पत्र मुख्यमन्त्रीलाई

२ चैत, सुर्खेत । काठमाण्डौमा राजनीतिक गरम चलिरहेको बेला कर्णाली प्रदेशमा भने मन्त्री सचिवको एक्सनमा उभिएका छन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयका सचिवलाई लोकनाथ पौड्याललाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् ।

मन्त्री रावलले मन्त्रालयका कुनै राम्रो कामहरु नभएको भन्दै फागुन २३ गते सचिव पौड्याललाई कारवाहीको माग गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका थिए ।

मन्त्री रावलले आफ्नो पत्रका बताएका छन्, हाम्रो मन्त्रालयका सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७÷०७८ को अन्तिमतिर आउंदासम्म पनि मन्त्रालयको काममा सिन्को भांच्ने सम्मको कार्य गरेनन् जस्ता शब्दा राखेर पत्र लेखेका छन् । साथै मन्त्री रावलले पत्रमा सचिव पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही प्रक्रिया अघि बढाउन अनुरोध समेत गरेका छन् ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारवाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर संघीय मामिलाले सचिव पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरिसकेको पनि छ ।