२ चैत, काठमाण्डौ । नेकपा एमाले दुई पक्ष ओली र माधव नेपालबीच आज पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल बिना निस्कर्षमा आजका लागि सकिएको छ ।
ओली पक्षले गत फागनु २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी गरांदा अध्यक्ष ओली ठाडै अवस्वीकार गरेको बुझिएको छ तर अर्को बैठक अहिले बस्ने भन्ने विषयमा पनि टुङ्गो लगाएको छैन ।
दुबै पक्षबीच वार्ता सौहार्यदपूर्ण भएको र सकरात्मक पनि त्यसमा एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो । दुई पक्षबा आ–आफ्ना अडान कायमै भएको बताइएको छ ।
अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको माधव पक्षको आशा रहेको र गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय बदर गरेर साविकै एमाले केन्द्रीय कमिटी रुपान्तरण गर्नु पर्ने अडान माधव पक्षको रहेको तर अध्यक्ष ओलीले त्यस बारेमा प्रतिक्रिया दिनु भएको छैन । ओली पक्षले गएको फागुन २८ गते भएको निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान २८ गते भएको बैठकका निर्णय थाहा
छैन । निर्णय स्वीकार्दैनौं । त्यो बैठक विधानअनुसार छैन । स्वीकार्न सकिन्न भनेर माधव पक्षले भने पनि अध्यक्ष ओलीले त्यसलाई सच्चाउन स्वीकार गर्नु भएको छैन ।
उपाध्यक्ष भीम रावलका अनुसार सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं ।