Breaking News

आ–आफ्ना अडान कायमै छन् बिशेषतः अध्यक्ष ओलीले फागुन २८ गतेको निर्ण फिर्ता लिनु पर्छ

२ चैत, काठमाण्डौ । नेकपा एमाले का दुई पक्ष ओली र माधव नेपालबीचको छलफल पछि पत्रकारहरुसंग बोल्दै माधव पक्षीय नेता रघुजी पन्तले छलफल जारी रहन्छ र आ-आफ्ना अडान कायमै रहेको र विशेष: अध्यक्ष ओलीली फागुन २८ गते गरेको निर्णय फिर्ता हुनु पर्ने बताए ।

साथै उनले अदालतले हामी सबैलाई एमाले बनाएकाले अब कसरी एमालेलाई सुदृढ र सबल बनाएर लैजाने भन्ने बिषयमा छलफल भए पनि निचोड भने नभएको बताए ।

तर बार्ता सकियो वा सकिएको छैन त्यो भने खुलाइएको छैन । अरु नेताहरु बाहिर निस्कनु भएको छैन ।

रघुजी पन्त