Breaking News

गाउँमै सल्यक्रिया हुन थालेपछी रोकाया सहित स्थानीय दंग

२६ फागुन, कालिकोट । कर्णाली प्रदेशको कालिकोट जिल्ला पलाँता गाउँपालिका– ८ वडा का एक स्थानीय पंखे रोकाया दगायतका कयौंलाई महिनौ दिन लगाएर खाद्ययन्न लगायत खाने ढिके नुन ल्याउन बर्दियाको राजापुर र सुर्खेतको बढ्ढी चौर धाउनु पर्ने बाध्यता थियो । साथै गाउँमा कुनै बिरामी र सुत्केरी व्यथा लागेमा दुई दिनको पैदल बाटो हिँडेर सदरमुकाम मान्माको जिल्ला अस्पतालमा औषधी उपचार गर्नु पर्ने बाध्यता थियो । त्यसमा समयमै नपुगे ज्यान नै सकिने डर समयमै पुग्न बाटो र भौगोलिक विकटताको समस्या जस्ता बाध्यता थिए ।

गाउंमा सामान्य बिरामी पर्दा समेत सिटामोल समेत नपाईने दुर्गम पलाँता गाउँमा सफलमा अहिले बिभिन्न बिरामीको सल्यक्रिया हुन थालेपछी सोही ठाउंका स्थानीय ५८ वर्षीय पंखे रोकाया मात्र होइनन् समग्र गाउँका स्थानीयबासी सो सेवाको सुविधाबाट दंग भएका छन् ।

रोग, भोग र अशिक्षाले थालिएको पलाँतामा जटिल खालका बिरामीको सल्यक्रिया हुन थालेपछी यहाँका स्थानसय खुसी हुन थालेका छन् ।
फागुन २४ सोमबार पलांता गाउँपालिकाको थिर्पुमा रहेको गाउँपालिकाको अस्पतालमा टाउकोको शल्यक्रिया सफल भएपछि स्थानीय नागरीक दंग भएका हुन् । एक स्थानीयका अनुसार सिटामोल समेत पाइन्थेन,” अब गाउँमा सल्यक्रिया हुन थाल्यो । जस्तो सुकै बिराम लागेपनी ज्यान जोगिने भयो, पलाँता गाउँपालिका–९ का स्थानीय परेक बहादुर भण्डारीले बताए । यही रैछ सिंहदरबार भनेको बल्ल थाहा भयो । व्यथा बिमार लागेमा घरेलु उपचार बाकेह अरु केही थिएन । वनमा जडिवुटीको भरमा बस्नु पर्ने बाध्यता थियो । अब गाउँमै जस्तो सुकै उपचार पाउने भयौं ।

खुसी क्षण साटासाट गर्ने परेक मात्र होइनन् स्थानीय बिरबहादुर बम खुसी हुदै भने, औषधी उपचार नपाएर गाउँमै अकालमा ज्यान गुमाउनु पर्थ्यो । अहिले गाउँमै जटील खालका बिरामको शल्यक्रिया हुन थालेको छ । बिराम लागी हाले पनि बाँचिने भयो ।

पलाँता अस्पतालका डाक्टर बिजयकुमार महत्वका अनुसार, रोकाया एक वर्षदेखी आर्थिक अभावमा रोक पालेरै घरमा बसेका रैछन् । उनको टाउकोमा खटिरा भएर क्यान्सर हुने अवस्थामा थिए । समयमै गाउँमै सफल सल्यक्रिया भएको
छ । उनले भने, ‘सामान्य व्यथा बिमार लाग्दा समेत सिटामोल समेत पाउने अवस्था थिएन अहिले जटिल खालको बिरामको सल्यक्रिया हुन थालेको छ । रोकाया जस्ता थुपै यहाँका नागरिकहरु रोक लागेपनि औषधी उपचार गर्न नसकेर अझैपनि घरमै रोग पालेर बस्न बाध्य छन ।

अब गाउँमै दक्ष चिकित्सक सहितको सेवा संचालन हुँदा व्याथा विराम लागेर कसैले पनी आकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।

सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल संचालन गर्ने अनुमती दिए पनी यहाँका स्थानीय सरकारको चार वर्ष पुग्न लाग्दा समेत सेवा सुरु गर्न सकिरहेको छैनन् ।

केही स्थानीय तहमा भर्खर अस्पतालको शिलान्यास गर्दैछन् । पलाँताले भने, आफ्नो पहिलो वर्षबाटै १५ श्ययाको अस्पताल संचालनमा ल्याएर सेवा दिइरहेको छ डाक्कर महत्तोले भने ।

लेखक : बास्मती कठायत कालिकोट संवाददाता