२६ फागुन, काठमाडौं । सत्ता परिवर्तनका लागि दौडधुप गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज फेरी माओवादी पार्टी कार्यालय पेरिसडांडामा भेटघाट भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए ।
भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।
तर जसपा नेताहरुले भने आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं’ भेटमा सहभागी राजपा वरिष्ठ नेता महतोले
भने ।
प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।