कोरोनार प्रकरण : मोदीको अफिल अप्रिल ९ मा तपाईको ९ मिनेट चाहन्छु

५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।

कदर समाचार
२१ चैत्र, दील्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ । उनले थपे, ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ । ५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।
यसबाट प्रकाशको महाशक्ति उजागर हुने बताउँदै उनले भने, ‘यो प्रकाशमा हामी एके छैनौं भनेर संकल्प गरौं ।