स्पेनमा एकै दिनमा ९ सय ६१ को मृत्यु

कदर समाचार
२१ चैत्र, स्पेन । कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ ।
हालसम्म स्पेनका २६ हजार ७ सय ४३ जनाले कोरोनाभाइरस सँगको युद्ध जितिसकेका छन् ।