नारी आवाज : नारीलाई सम्मान गरौ नारीलाई दासी नबनाऔं

आज मार्च ८ अर्थात् १११औं अन्तर्राष्ट्यि नारी दिवस । त्यसैको अवसरमा आज नेपालमा नारी दिवसलाई बिभिन्न कार्यक्रम गरी नारी दिवस मनाइदैछ । नारी दिवसकै अवसरमा आज सरकार तथा अन्य संघ संस्थाका कार्यालयहरुले नारीहरुलाई बिदा समेत दिएका छन् । तर पनि आजको युगसम्म आई पुग्दा नेपालमा अझैं नारीले पुरुषत्वको शोषण र हैकम सहनु परिरहेको छ ।

भन्ने बेलामा नारीलाई धर्ती माताका साथै जननी जन्ममाता भनेर भाषणमा भन्ने गरिए पनि व्यवहारमा भने विल्कुलै लागू हुन सकेको छैन । आज पनि कयौं नारीहरुलाई दासत्व, हेपाह, बिभिन्न प्रवृत्तिमा राखेका घटना कयौं सामाजिक सञ्जालमा हेर्न र पढ्न सकिन्छ । आज नारी दिवस हो । आज पनि कयौं नारीले त नारी दिवस थाहा पाएका छैनन् । कयौले नारीको हक अधिकार के हो र कसरी माग्न सकिन्छ भन्ने बाटो पनि पत्ता लगाउन सकेका छैनन् । केही सहरीया पढेलेखेका नारी बाहेक अरु नारीलाई नारी दिवसको कुनै अर्थ पनि थाहा छैन । अझ त नारी दिवस बारे थाहा पाएका एकाध नारीले त नारीलाई नै हेपेको र चेपेका समाचार पनि पढ्न पाइएका छन् ।

त्यसैले खबरदार ! नारीको इच्छा ,चाहना, क्षमता र भावनामाथि खेलवाड नगरियोस्, कमजोरीपनको फाइदा नउठाइयोस्, नारीमाथि हुने घरेलु हिंसा ,अन्याय ,अत्याचार , लैङ्गिक भेदभावको अन्त्य गरियोस्, सामाजिक भेदभाव कुसंस्कार, कुरीति, कुसंस्कृतिको परम्परा हटाईयोस् ,नारीलाई गर्भमै भू्रण हत्या नगरियोस्, जन्मेर पनि हत्या, हिंसा अनि बलत्कारको शिकार अनि दाइजो र सौन्दर्यको कारण जिउँदै नजलाइयोस् नारीलाई पुरुषको खेलौना नबनाइयोस, सहयोगको नाममा प्रत्येक घरदेखि सडक, यातायात, कार्यालय, अफिस अनि एकान्तमा पारी शारीरिक यौन शोषण नगरियोस्, उनीहरुको आत्मसम्मानको रक्षा गरियोस्, नारीलाई अपमान, घृणा ,तिरस्कार र हेय दृष्टिकोणले नहेरियोस्, महिलालाई घरको चुलो चौकोमा मात्र सिमित नगरियोस्, प्रत्येक घरबाट बाहिर ल्याएर शिक्षा, स्वास्थ्य अनि रोजगारीको सुनिश्चित गरियोस्, जुन समुदायका नारी जुनसुकै ठाउँमा रहे पनि सुरक्षाको ग्यारेन्टी गरियोस्, जहाँ पनि यौनशोषणको सिकार बन्नु नपरोस्, विना गल्ती नारी अस्मिता माथि धावा नबोलियोस्, नारीको सौन्दर्य माथि एसिड प्रहार गरी बदलाको भाव सदाका लागि बन्द गरियोस्, महिलालाई कमजोर नबनाइयोस्, उनीहरुलाई साथ, सहयोग र माया गरी सक्षम र आत्मनिर्भर बन्ने अवसर दिइयोस्, नारीलाई यौनबास्ना र तृष्णा मेटाउने साधनको रुपमा नहेरियोेस्, महिला श्रमको मुल्य निर्धारण गरियोस्, आत्मसम्मानमा ठेस नपु¥याइयोस्, नारी स्वतन्त्रता र चेतना घरघरमा दियो बलोस्, महिला अधिकार र सुरक्षाका कुरा किताबको पाना र ठुलाठुला ब्यानर अनि मञ्चमा गरिएका भाषणमा मात्रै सिमित नभएर ब्यबहारमा लागू गरियोस्, पत्रकारले पत्रिकाको पानामा ठुलाठुला हेडलाईनले मात्रै नरङ्गियोस् प्रत्येक नारीलाई हेर्ने दृष्टिकोण बदलियोस् भन्दै हरेक दाजुभाइ, दिदिबहिनी बाबुआमा , मान्यजन ,साथीहरूमा विनम्र अपिल गर्दछु । अन्त्यमा द्दण्ठठ मार्च ८ को १११औं नारी दिवसको पावन अवसरमा सम्पूर्ण नारी दिदिबहिनीहरुमा शुभकामना ब्यक्त गर्दछु ।

 

लेखक : कदर न्यूज डटकमकी सम्पादक हुनुहुन्छ ।