अदालतको फैसाबारे धारणा दिन प्रचण्डमाधव समूहको स्थायी कमिटी बैठक सुरु

२४ फागुन, काठमाण्डौ । हिजो सर्वोच्व अदालतले नेकपा पार्टी ऋषि कट्टेलको नाममा रहेको नेकपालाई आधिकारिक बनाएपछि सर्वोच्वको सो फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ ।

यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।