माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा

२४ फागुन, काठमाण्डौ । हिजो सर्वोच्वले नेकपा पार्टी अर्कै व्यक्तिलाई दिए पछि एकाएक परिवर्तन भएको राजनीतिक परिघटना पछि आज माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेको खुलेको छ ।

प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेको नेपाल पक्षले केन्द्रीय सदस्यको नामावली बोकेर आएको पाइएको हो । एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा छन् ।