यसरी सार्वजनिक भए भूमिगत जिवन बिताएका विप्लव

२१ फागुन, काठमाडौं । भूमिगत जीवन बिताएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसंगै राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका छन् । सरकारी निवास बालुवाटारमा वार्तापछि प्रधानमन्त्री केही अगाडि र विप्लव केही पछाडि राष्ट्रिय सभागृह पुगेका हुन् ।

विप्लव राष्ट्रिय सभागृह पुग्दा उनको स्वागतमा पुगेका सयौं कार्यकर्ताले समर्थनमा नाराबाजी गरेका छन् । रातो पोसाकमा सजिएका विप्लवका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव अहिले राष्ट्रिय सभागृहमा सार्वजनिक भएका हुन् ।

राष्ट्रियसभा गृहमा विप्लव सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।
रातो पोसाकमा सजिएका कार्यकर्ताहरु सडकको दुवैतर्फ उभिएर विप्लवको स्वागतमा जुटेका थिए ।