विप्लव र सरकारबीच भएको सहमतिको औपचारिक मञ्च तयार

२१ फागुन, काठमाडौं । नेकपा विप्लव र सरकारबीच भएको सहमतिको औपचारिक मञ्च तयार भएको छ । राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुंदै काठमाडौं आएका थिए । ।