Breaking News

मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयबाट इन्टरनेशनल विमेन अफ करेज अवार्ड

२१ फागुन, काठमाडौं । एसिड आक्रमणबाट मरेर पनि बांच्न सफल वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेकी छन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन् ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

खातुनलाई गत वर्ष विद्यालय जांदै गर्दा तेजाब आक्रमण भएको थियो ।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन् ।

यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन् ।