सरकार र विप्लव बिच ३ बुंदे सहमति भोलि शुक्रबार प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन सहित सार्वजनिक गर्ने

२० फागुन, काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच हिजोबाट सुरु भएको वार्ता आज २ दुई दिन भयो । आज बिहान भएको सरकार र विप्लपबीच भएको वार्तापछि ३ बुंदे सहमति भएको बुझिएको छ । सो सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।