कांग्रेसको पदाधिकारी बैठक आज दिउंसो तीन बजे बस्दै

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने बताइएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउंसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।
प्रचण्ड–माधव पक्षमा भन्नेमा चासो छ । नयाा सत्ता समीकरणमा कांग्रेस निर्णायक भूमिकामा छ ।