प्रतिबन्धित विप्लव नेकपा संग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा २ सदस्यी वार्ता समिति गठन

१८ फागुन, काठमाण्डौ । सरकारले गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा २ सदस्यी वार्ता समिति गठन गरेको छ , सरकारले विप्लव पक्षसंग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री बादल को नेतृत्वमा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसंगै नेकपा विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकसहित २ सदस्यीय वार्ता समिति अघि सारेको छ । विप्लवले आज मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको छ ।