१६ बर्षे युवतीलाई जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ

१८ फागुन, सुर्खेत । नेपालमा दिनप्रतिदिन बालात्कारका घटना दोहोरिरहेका बेला यस्तै घटना आज कर्णाली प्रदेशको दैलेखको भगवतीमाई गाउंपालिकाका एक युवककले एक जनी १६ वर्षे युवतीलाई जवरजस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गाउंपालिका–्२ स्थित स्थानीय बेस्तडा बजारमा बस्ने १८ वर्षीय मोहन बुढालाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

बुढाले १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

पक्राउ गरिएका उनलाई प्रहरीले अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनुमती लिई हिरासतमा राखिएको छ ।