सुन प्रतितोला १७ सय रुपैया घट्दै आज ८७ हजारमा किनबेच

१८ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य घट्ने क्रममा आज तोलामा एक हजार ७ सय रुपैयांले घटेको छ । हिजो सोमबार ८८ हजार ७ सय रुपैयां प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ आज मंगलबारक ८७ हजार रुपैयां तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयांमा भएको थियो ।

सुनसंगै चांदीको भाउ पनि ओरालो लागेको छ । हिजो सोमबार प्रतितोला १३४० रुपैयांमा कारोबार भएको चांदीको भाउ आजका लागि ४० रुपैयांले घटेर १२९० रुपैयांमा झरेको छ ।